सुजुकीको नयाँ स्कूटरको बजार प्रवर्ध्दन गरिँदै

२४ पुष २०७५, मंगलवार १८:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सुजुकी स्कूटर तथा बाईक नेपालगञ्जको आधिकारिक बिक्रेता नेपाल ट्रेड इन्टरनेशनलले बजार प्रवर्ध्दनका लागि बुधवार नेपालगञ्जमा र्याली गर्दैछ ।
लामो समयदेखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरको नेपालगञ्जमा बिक्री बितरण गरिरहेको नेपाल ट्रेड इन्टरनेशनलले नेपालगञ्जमा रहेको आफ्नो सुजुकी शोरुमबाट बिहान साढे ११ बजे पत्रकार सम्मलेनसहित सुजुकी स्कूटर बर्गम्यान १२५ सीसी र्याली तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गर्ने भएको हो ।
साथै नयाँ सुजुकी स्कूटर बर्गम्यान खरिद गर्ने ग्राहकलाई चाबी हस्तान्तरण गर्ने नेपाल ट्रेड इन्टरनेशनलका निर्देशक पुष्कल नेपालले जानकारी दिए ।

Next Post

सीबीआई निर्देशक आलोक वर्माको पुनर्वहाली

२४ पुष २०७५, मंगलवार १८:१२
सदरलाइनडटकम, काठमाण्डौ : भारतको सर्वोच्च अदालतले सीबीआई निर्देशक आलोक वर्मालाई छुट्टीमा पठाउने भन्ने निर्णय रद्द गरेको छ । ६ डिसेम्बर २०१८ को सुनुवाइपछि प्रधानन्यायाधीश रञ्जन गोगाई, न्यायाधीश सञ्जय किशन कौल र न्यायाधीश केएम जोसेफ को संयुक्त इजलासले फैसलालाई सुरक्षित राखेको थियो । अदालतले मंगलवार आफ्नो फैसला सुनाएको हो । तर […]