निबन्ध लेखन सम्पन्न, व्याटमिन्टन प्रतियोगिता सुरु, बृक्षा रोपण शनिबार, रक्तदान मंगलबार आयोजना गरिदै

निजामती सेवा दिवस विभिन्न कार्यक्रमका साथ मनाईदै

सदरलाइन संवाददाता १८ भाद्र २०७८, शुक्रबार १३:३३
 

नेपालगञ्ज  :  राष्ट्रसेवक निजामती कर्मचारीहरूको महत्वपूर्ण पर्व निजामती सेवा दिवस–२०७८ बाँकेमा विविध कार्यक्रमका साथ मनाईन सुरु गरिएको छ ।

कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा पहिलो दिन व्याटमिन्टन प्रतियोगिताबाट सुरु गरिएको हो । नेपालगञ्ज रंगशालामा सुरु गरिएको सो प्रतियोगितामा विभिन्न ३६ वटा टिमले सहभागिता जनाएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।


‘व्यवसायिक र श्रृजनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ निजामती सेवा दिवस मनाउने क्रममा निजामति कर्मचारीहरु बीचमा निबन्ध प्रतियोगिता सम्पन्न भई सकेको छ भने बृहद बृक्षा रोपण कार्यक्रम र रक्तदान क्रमश शनिबार र मंगलबार आयोजना गरिने भएको छ । निजामती सेवा दिवस भदौ २२ गते रहेको छ ।

निजामति सेवा दिवसको अवसर पारेर शनिबार राष्ट्र सेवक कर्मचारी बृक्षा रोपण कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अगुवाई पशुपति सामुदायिक बन राँझामा गरिने तयारी गरिएको छ ।

यसैगरी सा सबै स्थानीय तहमा प्रमुख प्रशाशकिय अधिकृतको संयोजकत्वमा राष्ट्र सेवक कर्मचारी बृक्षा रोपण कार्यक्रम हुने भएको छ । साथै निजमति कर्मचारीको अगुवाईमा जिल्ला भरी बृहद वृक्षा रोपण अभियान नै सञ्चालन गरिने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डेन्टल एशोसिएसन बाँकेमा डा. विश्वनाथ चौधरी

१८ भाद्र २०७८, शुक्रबार १३:३३
नेपालगञ्ज  : नेपाल डेन्टल एशोसिएसन बाँकेमा डा. विश्वनाथ चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन भएको छ । समितिको उपाध्यक्षमा डा. प्रतीक श्रेष्ठ, महासचिवमा डा. दिलबहादुर सत्याल र सह–सचिवमा डा. अर्सद रसिद, कोषाध्यक्षमा डा. प्रतिभा आचार्य चयन भएका छन । अघिल्लो कार्यासमितिमा रहेका सत्याल र रसिद पुनः सोही पदमा दोहोरिएका […]

सम्बन्धित