हतारमा ठूलो रकम खर्च गर्ने प्रवृत्ति बाँकेमा रोकिएन

सदरलाइन संवाददाता १२ श्रावण २०७९, बिहीबार १३:३२
 

नेपालगञ्ज : विगत लामो समयदेखि चल्दै आएको आर्थिक वर्षको अन्तिम महिनामा हतारमा विभिन्न काम गरेको जस्तो देखाएर ठूलो रकम खर्च गर्ने प्रवृत्ति यसपटक पनि बाँकेमा दोहोरिएको छ ।

आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको कामले गति पाउने र बढी खर्च हुने पुरानो प्रवृत्ति बाँकेमा भर्खरै सम्पन्न भएको आर्थिक वर्ष २०७८/०७९ मा पनि दोहोरिएको पाइएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेको तथ्याङ्कअनुसार संघ र प्रदेशको पुँजीगत (विकास) खर्च असारमा मात्रै ३ अर्बभन्दा बढी भएको पाइएको छ । असारमा संघतर्फ २ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ र प्रदेशतर्फ ७१ करोड ४० लाख ७२ हजार रुपैयाँ बाँकेमा खर्च भएको देखिएको छ ।


संघ र प्रदेश तर्फको बजेटबाट असार महिनामा मात्र भएको खर्च कुल ३ अर्ब ३३ करोड १६ लाख ८४ हजार ८१४ रुपैयाँ छ । असारे विकासलाई नियन्त्रण गर्न यस पटक बाँकेमा प्रयास गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बजेट सकाउन र काम गरेको देखाउन असारमा हतारमा योजना पुरा गर्ने प्रवृत्तिलाई यस पटक निगरानी गरिएको बताए । निगरानी गरिए पनि तीन अर्ब भन्दा बढी बजेट खर्च भएको देखिएकाले सो रकम कहाँ कहाँ खर्च भएको हो त्यसबारे पनि छानविन गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका थप चार जनामा कोरोना पुष्टि

१२ श्रावण २०७९, बिहीबार १३:३२
नेपालगञ्ज : बाँकेमा बिहीवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा ३ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज […]

सम्बन्धित