सडक दुर्घटना न्यूनिकरणमा सहयोगी बन्दै ‘टाइम कार्ड’

सदरलाइन संवाददाता १७ कार्तिक २०८०, शुक्रबार १३:५७
 

नेपालगञ्ज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जमा टाइम कार्ड लागू गरिएपछि सडक दुर्घटना न्यूनिकरण भएको छ । बाँके राष्ट्रिय निकुञ्जको शमशेरगञ्जदेखि जिरोसम्म १५ किलोमिटर सडकमा टाइम कार्ड लागू भएपछि सडक दुर्घटना न्यूनिकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले बताए ।

उक्त १५ किलोमिटर सडक धागो जस्तै सिधा छ । सिधा भएकोले तीव्र गतिमा सवारी साधन गुड्ने र सवारी चालक निदाउँदा दसैँका बेला सवारी दुर्घटना हुने गरेको थियो । टाइम कार्ड लागू भएको ठाउँमा कुनै सवारी दुर्घटना नभएको सुवेदीले बताए । ‘टाइम कार्ड लागू भएपछि सडक दुर्घटना न्यूनिकरण भएको छ,’ उनले भने ।

टाइम कार्ड लागू भएको सडक खण्डमा प्रति घण्टा ४० किलोमिटर गतिमा सवारी साधन चलाउने नियम बनाइएको छ । १५ किलोमिटर दूरी पार गर्न २२–२७ मिनेटको समय दिइएको उनले बताए । ‘तोकिएको समयभन्दा ढिलो गए पनि कारवाही हुन्छ, छिटो गए पनि कारवाहीको भागिदार हुनु पर्छ,’ सुवेदीले भने, ‘तीव्र गतिमा सवारी साधन चलाउन नपाउँदा एक आपसमा सवारी साधन जुध्ने खतरा रहदैन । अनियन्त्रित भई दुर्घटना हुने खतरा पनि हुदैन ।’


टाइम कार्ड दिने र सवारी चालकले नियम पालना गरे–नगरेको हेर्ने काम बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गरिरहेको छ । नेपाली सेनाले दुई वटा सवारी साधनलाई एउटा टाइम कार्ड दिएर सँगसँगै पठाउने गरेको छ । ‘निकुञ्ज क्षेत्रमा भएकोले निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले टाइम कार्डको ब्यवस्थापन गरिरहेको छ,’ उनले भने ।

अघिल्लो वर्ष बाँकेमा घटस्थापनादेखि पूर्णिमासम्म सवारी दुर्घटनामा परि ६ जनाको मृत्यू भएको थियो भने १३ वटा दुर्घटना भएका थिए । ‘यस वर्ष असोजमा ११ वटा दुर्घटनामा चार जनाको मृत्यू र ९ जना घाइते भए । कात्तिकमा दुई जनाको मृत्यु र १० जना घाइते भए । तर, ति सवै पूर्व–पश्चिम राजमार्ग भन्दा बाहिर भएका हुन्,’ ट्राफिक प्रहरी निरीक्षक सुवेदीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिबन्धित भारतीय सुर्तीजन्य पदार्थको खुला बिक्री

१७ कार्तिक २०८०, शुक्रबार १३:५७
नेपालगञ्ज : भारतमा उत्पादित हानिकारक सुर्तीजन्य पदार्थको नेपालमा बिक्री वितरण प्रतिबन्धित छ । तर पनि नेपालगञ्ज लगायत बाँकेका विभिन्न ठाउँमा हरेकजसो पान पसल र किराना पसलमा भारतीय सुर्तिको बिक्री खुला रुपमा भइरहेको पाइन्छ । अवैधरूपमा भारतबाट भित्र्याइएका गुट्का लगायतका सुर्तीजन्य पदार्थ बाँकेमा जताततै पाउने गरेको छ । ठाउँठाउँमा जाँचका बावजुद स्थानीय […]

ताजा अपडेट