सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यस्तै ६ हजार १ सय ४३ जना निको भएका छन् भने संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
