१९ औ एशियन गेम्सको लागि बक्सिङ्ग खेलाडी छनौट शुरु

सदरलाइन संवाददाता १४ बैशाख २०७९, बुधबार २०:२८
 
 
काठमाडौं  : नेपाल बक्सिंग संघले आगामी सेप्टेम्बरमा चीनमा हुन गईरहेको १९ औ एशियन गेम्सका लागि यहि अप्रिल २७ देखि अप्रिल ३० तारिख सम्म अधिराज्यव्यापी प्रारम्भिक बक्सिङ्ग छनौट खेल शुरु गरेको छ ।
आज भएको प्रारम्भिक छनौट खेलमा र्फलाई वैट ५१ किलो महिला तर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्गले नेपाल बक्सिंग क्लबका दीवाना शेर्मालाई नक आउटको आधारमा पराजित गरिन ।
त्यसै गरी सोहि तौल समुहमा आर्मीकै ललिता महर्जनले एपिएफका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन । प्mलाई वैट तौल समुहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बाग्मती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन भने सोहि तौल समुहमा बाग्मती प्रदेशका सुस्मा तामाङ्गले बाग्मती प्रदेश ए कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा पराजित गरिन  ।
त्यसै गरी महिला वैन्टम वैट तौल समुहमा बाग्मती प्रदेशका हेमा राई ले बागमती प्रदेश ए कै स्वस्तिकालाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन ।
पुरुषका खेलहरुमा ५२ केजी ताैल समुहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापाललाई क्रमश ३:२ र ५:० अंककाे आधारमा जित हात पारे । त्यसैगरी ५७ केजी ताैल समुहमा नेपाल आर्मी बि का खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी ए का खेलाडी ईन्द्र बहादुर सुनारले वाक ओभरका आधारमा जिते ।
भने ६३ केजी ताैल समुहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आले मगरले ५:० अंककाे अधारमा र साेहि ताैल समुहमा बागमती प्रदेश ए का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासले ४:१ अंककाे आधारमा जित हासिल गरे ।
त्यसैगरी ७५ केजी ताैल समुहमा बागमती प्रदेशका खेलाडी बिनिस राईलाई ललितपुरका खेलाडी साजन थिंङ तामाङले ३:२ अंककाे अधारमा र लुम्बिनी प्रदेशका खेलाडी बिकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५:० अंककाे आधारमा जित हात पारे ।
यस छनाैट प्रतियोगितामा प्रतियोगिताका संयाेजक एंव नेपाल बक्सिङ संघका अध्यक्ष राम अलाले, राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि तथा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक विष्णु बहादुर सिंह सहित नेपाल बक्सिङ संघका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published.

Next Post

एमालेद्वारा कोहलपुरमा हाइकमाण्डको साथमा उम्मेदवारको परिचयसंगै घरदैलो

१४ बैशाख २०७९, बुधबार २०:२८
कोहलपुर (बाँके)  : एमाले कोहलपुरमा हाइकमाण्डको साथमा उम्मेदवारको परिचयसंगै घरदैलो कार्यक्रम सुरु गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित कार्यक्रममा बुधबार वडा नम्बर ४ बाट सुरु गरि वडा नं. ६ मा गएर टुगिंएको हो । मेयर पदका उम्मेदवार खिलप्रसाद भुसाल र उपमेयर पदकी उम्मेदवार अस्मिता चौधरि। […]