भुक्तानी नुहँदा सौर्य बत्ती हटाइयो

२५ फाल्गुन २०७५, शनिबार १५:३७
 

सदरलाइनडटकम,
डोटी : दिपायलमा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न शुरु गरेका हुन् ।
सरकारी अनुदानमा ठेकेदार कम्पनी मनिङ्ग सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाउन लागेको ठेकेदार वेदप्रकाश कठायतले बताए । तत्कालीन दिपायल सिलगढी नगरपालिकाका कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले यो कम्पनीसँग सोलार राख्नेबारे सम्झौता गरेका थिए । त्यतिबेला रकम भुक्तानी नभएको र उनी सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने अवस्थाले रकम नदिएको दिपायल सिलगढी नगरपालिकाका अहिलेका नगरप्रमुख मञ्जु मलासीले बताए ।
डोटी उद्योग वाणिज्य संघसँग २०७३ फागुन १७ गते नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि उद्योग वाणिज्य संघले त्यो काम २०७३ फागुन ६ गते मर्निङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो । कम्पनीले काम गरेबापत दुई पटकको किस्ता गरी २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि बाँकी रकम उद्योग वाणिज्य संघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए ।
ठेकेदारले जडान गरेको बत्ती हटाउन लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका स्थानीय दुःखी भएका छन् । यसबारे डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरेका छन् ।

Next Post

नेपालगञ्जमा डिजीटलाइज प्रविधीसहितको सेवा शुरु

२५ फाल्गुन २०७५, शनिबार १५:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमै पहिलो पटक नेपालगञ्जमा डिजिटलाइज प्रविधिसहितको सेवा शुभारम्भ गरिएको छ । सेतु विक चौकस्थित डटवक्र्स टेक्नोलोजीको शनिवार एक समारोहबीच नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरे । डटवक्र्स टेक्नोलोजीमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजीटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रीन प्रिण्टिङ सेवा दिइने भएको छ […]