बर्दिया मधुवनको आनन्द अधारभूत विद्यालयमा प्लानद्वार हातधुने स्थान हस्तान्त्रण

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १२:३९
 

बर्दिया : प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तथा भेरी वातावरणिय बिशिष्टता समुह (बि–गु्रप)द्वारा बर्दियाको मधुवन–५ रामनगरमा रहेका आनन्द आधारभुत विद्यालय परिसरमा निर्माण गरिएको बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री पक्की हातधुने स्थान हस्तान्त्रण गरिएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरालाल भाट आथित्यतामा सो हातधुने स्थान हस्तान्त्रण गरिएको हो । प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणिय बिशिष्टता समुह, (बि–ग्रुप) बाँकेको साझेदारी तथा मधुवन नगरपालीका शिक्षा, युवा खेलकुद शाखाको समन्वय तथा सहयोगमा बाल विवाह न्युनिकरण परियोजना मार्फत विद्यालयलाई पक्की हातधुने स्थान हस्तान्तरण गरिएको बि–ग्रुप बाँकेले जनाएको छ ।

विद्यालयमा बालमैत्री, अपाङ्गमैत्री तथा लैङ्गिक मैत्री पक्की हातधुने स्थान २ लाख ६७ हजार ८ सय ८० रुपैयाँको लागतमा २०८० श्रावण ९ गते निर्माण सम्पन्न भएपछि हातधुने स्थान सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको बाल बिवाह न्युनिकरण परियोजनाका फिल्ड सुपरभाइजर गंगा गुरुङले जानकारी दिईन ।


हस्तान्तरण कार्यक्रममा बालिकाहरुको शिक्षण सिकाई, विद्यालयमा नियमितता,र स्वास्थ्य सरसफाइमा, अबस्थामा विद्यालय छाड्ने दर कम हुने र बालिकाहरुको सिकाइ उपलब्धीमा वृद्धि भएको पाउनुका साथै विद्यालयमा बालबालिकाहरु नियमित भइ रहने र वालिकाहरु वालविवाहको पर्नसक्ने जोखिम न्युनिकरण हुने अपेक्षा गरिएको कार्यक्रमका वक्ताहरुले आफनो भनाइ राखेका थिए ।

बिगत २ बर्षदेखि बर्दियाको बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, र गेरुवा गाउपालिकामा प्लान इन्टरनेशनल नेपाल, भेरी बातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) को साझेदारी तथा परियोजना संचालन भएका स्थानीय तहसंगको समन्वयमा बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तिरिय शिक्षा, वालविवाह जोखिम हुन नदिनका लागि आयआर्जनमा सहयोग, संरक्षण, र विद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा सस्थाले प्ररवी गर्द आइरहेको फिल्ड सुपरभाइजर गुरुङले जानकारी दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवरात्रको चौथो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै

१ कार्तिक २०८०, बुधबार १२:३९
नेपालगञ्ज : नवरात्रको चौथो दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गा मध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवी […]