बाँकेमा बिहीवार दुई जनामा मात्र कोरोना पुष्टि

सदरलाइन संवाददाता २८ आश्विन २०७८, बिहीबार १४:५८
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा र बागेश्वरी ल्याबामा आज परीक्षण गरिएको छैन । संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् ।


योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३२९ पुगेको छ । यस्तै बिहीवार थप १० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९२२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विजया दशमी हर्षोल्लासका साथ मनाईंदै

२८ आश्विन २०७८, बिहीबार १४:५८
नेपालगञ्ज : आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको जनाएको थियो । यद्यपि आज […]