सिन्धुपाल्चोक केन्द्रविन्दु भई भूकम्प

सदरलाइन संवाददाता ३१ भाद्र २०७७, बुधबार १०:५१
 

काठमाण्डौ : सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधवार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको धक्का कडारुपमा महसुश भएपछि मानिसहरु घर बाहिर निस्केका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्य नजिकका जिल्लामा पनि भूकम्पको धक्का महसुश भएको मानिसहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


भूकम्प जानेबित्तिकै काठमाण्डौ उपत्यकाका सबै क्षेत्रबाट स्थानीयहरुले भूकम्पको धक्का महसुश गरेको उल्लेख गर्दै ट्विटहरु गरेका छन् ।

Next Post

शुक्रवार र शनिवारको निषेधाज्ञा हटाइयो

३१ भाद्र २०७७, बुधबार १०:५१
नेपालगञ्ज : शुक्रवार र शनिवार बाँकेमा लगाइँदैै आइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले भदौ १२ गते गरेको निर्णय उल्टाउँदै निषेधाज्ञा फुकुवा गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको गति र फैलावटलाई नियन्त्रण गर्न भन्दै केन्द्रले यसअघि शुक्रवार र शनिवार निषेधाज्ञा जारी गर्ने […]