आइतवारदेखि नेपालगञ्जमा रामलिला मञ्चन हुने

सदरलाइन संवाददाता २७ आश्विन २०८०, शनिबार १३:५८
 

नेपालगञ्ज : डेढ सय बर्षदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आएको रामलिला यसपाली भोलिदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज–१३ रामलिला मैदानमा रामलिला मञ्चन हुँदै आएको छ ।

रामलिलाको १ सय ५६औँ संस्करणका लागि आवश्यक तयारी पूरा भइसकेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए । १ सय ५३ र १ सय ५४औँ संस्करण कोरोना महामारीका कारण परिवर्तन गरिएको थियो । असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलिला मञ्चन गरिन्छ ।


भारत वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको संगितिक कलाकार टोली नेपालगञ्ज पुगिसकेको सञ्चालक समितिले जनाएको छ । अध्यक्ष कानोडियाका अनुसार आइतवार दिउँसो २ बजेदेखि रामलिला मैदानबाट शोभा यात्रा निकालिनेछ भने साँझ ८ वजे नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलिला महोत्सवको उदघाटन गर्नेछन् । रामलिलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।

नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलिलालाई जोगाई राख्न सहयोग सङ्कलन गरेर पनि रामलिला महोत्सव गर्दै आएको प्रचार मन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्राफिक प्रहरीद्वारा लापसे जाँचमा कडाई

२७ आश्विन २०८०, शनिबार १३:५८
नेपालगञ्ज : जिल्ला ट्राफिक कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्जले चाडवाडमा हुने दुर्घटना न्युनिकरण अभियानअन्तर्गत बाँकेका बिभिन्न स्थानमा लागु पदार्थ सेवन जाँचलाई कडाई गर्न थालेको छ । जिल्ला ट्राफिक प्रमुख गोपिकृष्ण सुवेदी र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्जका बरिष्ठ हवलदार जोगिलाल परियारसहितको संयुक्त टोलीले कोहलपुर १० हास्कुलमा लागु […]