बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत मुनाको निधन

सदरलाइन संवाददाता ३० श्रावण २०८०, मंगलवार १३:४९
 

नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा मानविकी व्यवस्थापन स्नातक चौथो सेमेस्टरमा अध्ययनरत मुना खड्काको निधन भएको छ ।

सोमबार पोइजन खाएकी उनको उपचारका क्रममा मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा करिब ६ बजे मृत्यु भएको हो ।


कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुर घर भई पढाइको शिलशिलामा हाल कोहलपुर ११ साझामा बस्दै आएकी थिइन् ।

लामो समयदेखि केटाले मानसिक यातना, डर धम्की दिएको कारणले उनले पोइजन् खाएर आत्महत्या गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी विरुद्ध प्रहरीमा उजुरी दिने मृतक मुनाको परिवारले बताएको छ । उक्त केटा हाल अध्ययनको शिलशिलामा जापानमा रहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनोरञ्ज उद्योगलाई राजश्वको दायरामा ल्याउँदै नेपालगञ्ज

३० श्रावण २०८०, मंगलवार १३:४९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्र दुई दर्जन बढि मसाज तथा स्पा सेन्टर खुलेका छन् । होटल,ब्युटिपार्लर मात्रै होइन घरैपिच्छे बग्रेल्ती खुलेका स्पा एवं मसाज सेन्टर नेपालगञ्ज उपमहानगरपालिकाको राजश्वको दायरामा छैनन् । उपमहानगरपालिकाले राजश्व छलि गर्ने स्पा सेन्टरको सूचि निकाल्दै छ । ‘स्पा एवं मसाज सेन्टरमध्येको राजश्वको दायरामा आयो को आएन् भनेर […]