नेपालगञ्जमा कर्फ्यु कायमै सामाजिक, धार्मिक सद्भाव कायम राख्न स्थानीय प्रशासनको आग्रह

सदरलाइन संवाददाता १७ आश्विन २०८०, बुधबार १०:५६
 

नेपालगञ्ज  :  नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू आदेश आजपनि जारी छ ।

ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरी बिपीचोकबाट त्रिभुवनचोक जाने क्रममा ¥यालीमाथि अज्ञात समुहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

¥याली नियन्त्रण भन्दा बहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।


प्रदर्शनीका क्रममा भएको झडपमा परी ३ सुरक्षाकर्मी सहित १३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्का विरुद्ध जथाभावी नलेख्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लान इन्टरनेशनल नेपालको पाँच वर्षे राष्ट्रिय रणनीति सार्बजानिक

१७ आश्विन २०८०, बुधबार १०:५६
सुर्खेत :  प्लान इन्टरनेशनल नेपालले आफ्नो ४५ औँ बार्षिक उत्सावका अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एक समारोहका बीचमा प्लानको ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गरेका हुन । उनले कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न प्रदेश सरकार […]

सम्बन्धित

ताजा अपडेट