चाडपर्वलाई लक्षित एमालेको सरसफाई अभियान

सदरलाइन संवाददाता ३० आश्विन २०८०, मंगलवार १४:३३
 

नेपालगञ्ज : विजयादशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसर पारेर दाङको बबई गाउँपालिकाका विभिन्न वडामा सरसफाई गरिएको छ । नेकपा एमाले बबई गाउँ कमिटीले विभिन्न वडामा सरसफाई गरेको हो ।

मंगलवार बबई गाउँपालिका २ नं. वडा कार्यालय क्षेत्रको सरसफाई गरिएको स्थानीय प्रेम राम्जामगरले जानकारी दिए । उनले सडकसँगै सडक वरिपरि रहेका बुट्यान र झाडी समेत सफाई गरिएको बताए ।


उनका अनुसार कार्यालय परिसरमा रहेका प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु संकलन गरि सुरक्षित ठाउँमा विर्सजन गरिएको छ । प्लाष्टिकजन्य वस्तुले वातावरणमा असर पर्न गई मानविय स्वास्थ्यमा असर गर्ने भएकोले नेकपा (एमाले) बबई गाउँपालिका २ नं. वडा कमिटीको समन्वयमा एमाले बबईले सरसफाई गरेको एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवम् बबई गाउँपालिका इन्चार्ज भद्रबहादुर ओलीले बताए । पर्वको अवसर पारि बबई गाउँपालिकाका अन्य वडामा पनि सरसफाई गरिने उनको भनाई छ ।

मंगलवार नै बबई गाउँपालिका ३ नं. वडामा पनि सरसफाई गरिएको बबई गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए । उनले वातावरणले जनतालाई प्रत्यक्ष असर गर्ने भएकोले सरसफाईमा जोड् दिएको बताए ।
सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य ओलीले पछिल्लो समय देशमा हत्या हिंसा, बलात्कार जस्ता घटनाहरु बढदै गएको बताउँदै भ्रष्टाचार, महंगी नियन्त्रण भन्दा वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा रहेको बताए । उनले विकृति, विसंगति, कुरिति र कुसंस्कार विरुद्ध उठ्न यूवालाई आह्वान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरी कार्य दक्षतामा अब्बल : मुख्यमन्त्री चौधरी

३० आश्विन २०८०, मंगलवार १४:३३
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताएका छन् । नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले मंगलवार बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी […]