प्लान इन्टरनेशनल नेपालको पाँच वर्षे राष्ट्रिय रणनीति सार्बजानिक

सदरलाइन संवाददाता १७ आश्विन २०८०, बुधबार ११:१२
 

सुर्खेत :  प्लान इन्टरनेशनल नेपालले आफ्नो ४५ औँ बार्षिक उत्सावका अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले एक समारोहका बीचमा प्लानको ५ बर्षे राष्ट्रिय रणनीति सार्बजानिक गरेका हुन ।

उनले कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न प्रदेश सरकार लागिरहेको कुरामा जोडदिदै भने, झदिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी छ । त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएका छौँ । समृद्ध कर्णाली, सुखारी कर्णालीवासी बनाउने महान अभियानमा सरकार र साझेदार निकायहरुको सहकार्य आवश्यक छ । हामी काम गर्ने बाताबरण सहितको सहयोग गर्ने तयार छौँ ।

मुख्यमन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो भएको उल्लेख गर्दै कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका लागि शिक्षामा सुधार, सामाजिक बिभेद र कुप्रथाहरुको अन्त्य जरुरी भएकोले त्यसैमा केन्द्रीत भएर सरकारसंग सहकार्य गरी काम गर्न आग्रह पनि गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोख्रेलले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग जरुरी रहेको जोडदिदे उनले भने, कर्णालीमा विकास र परिवर्तनका सवालहरु धेरै छन् । त्यसमा प्लान इन्टरनेशनल लगायतका दातृ निकायहरुले गरेको काम प्रसंसनिय छ । सरकारले बालबिबाह, बहुबिबाह, लागुऔषध दुव्र्यशन लगायतका सामाजिक बिकृतिहरुमुक्त समाज, गुणस्तरिय शिक्षा र स्वास्थ्य, बाल संरक्षण जस्ता महत्वपुर्ण सवालहरुमा भौतिक विकासदेखी चेतनाको विकासका लागि पनि काम गर्नुपर्ने अवस्था छ । त्यसमा सरकार एक्लैले गरेका प्रयास भन्दा सबैको समन्यमा गरेको प्रयास थप प्रभावकारी हुनेछ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले मुलुकको भबिश्यसँग जोडिएको बालबालिका र शिक्षाको सवालमा सहकार्य गर्न सबैलाई अपिल गरे । उनले भने, गुणस्तरिय शिक्षा र सामाजिक न्याय बिना समाजको समृद्धि सम्भव छैन् । त्यसका लागि प्रदेश सरकारले आधारभुत बस्तु तथा सेवाका लागि गम्भीर ढंगले नीति तथा कार्यक्रम बनाईरहेको छ । त्यसबाट केही बर्षमा नतिजा आउनेछ ।

कार्यक्रममा प्रदेश सरकारका उर्जा तथा जलश्रोत विकासमन्त्री उर्मिला बिश्वकर्माले कर्णालीका विकटबस्तीहरु पनि गैरसरकारी निकायले गरेको काम उल्लेख्य रहेको बताईन् । उनले भनिन्, सरकार पुग्न नसकेको ठाँउमा समेत सरकारसँग समन्वय गरी गैरसरकारी निकायले पुगेर समाजका लागि काम गरिरहेका छन् । यसले सरकारले निकै सहज बनाएको छ ।


कार्यक्रममा प्लान इन्टरनेशल नेपालका राष्ट्रिय निर्देशक रामकिशनले बालबालिका, किशोर किशोरी र युवाहरुलाई समावेशी, न्याययुक्त र सुरक्षित समाज निर्माणका लागि आफुहरु काम गरिरहेको बताए ।

उनले भने, यसै बर्षदेखी कर्णाली, सुदुरपश्चिम र लुम्बीनी प्रदेशका अधिकांश जिल्लाहरुमा आफ्नो कार्यक्रम बिस्तार गर्ने योजना छ ।

सो अवसरमा प्लान इन्टरनेशनलका पश्चिम क्षेत्रीय कार्यालय प्रमूख मीना पराजुलीले बालबालिका, किशोरी र युवाहरुको अधिकार प्रवद्र्धन गर्न सरकार जिम्मेबार बन्नुपर्ने बताईन् । उनले भनिन्, मुख्यगरी प्रारम्भिक बालबिकास, हिंसाबाट संरक्षण, गुणस्तरिय शिक्षा, सीप विकास, विपद् जोखिम न्यूनिकरण र जीविकोर्पाजनका लागि प्लानले काम गरिरहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका प्रमूख धनजित शाही, जुम्लाका प्रमूख गौरीनन्द आचार्य, डोल्पा प्रमूख स्यामबहादुर रोकाया, जुम्लाको हिमा गाँउपालिका प्रमूख लक्ष्मण शाही, कालिकोटको नगरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट लगायतका सरोकारवालाहरुले कर्णालीको समग्र शिक्षा, स्वास्थ्य र आयआर्जनका सवालहरुमा सरकार र गैरसरकारी निकायहरु सहकार्य गरेर काम गर्नुपर्ने बताएका थिए ।

प्लान इन्टरनेशनल नेपालले कर्णालीमा आगामी ५ बर्षमा ४ अर्ब ५० करोड बराबर बजेट खर्च गर्ने गरी काम गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउनेलाई तत्काल कारवाही गरिने

१७ आश्विन २०८०, बुधबार ११:१२
  नेपालगञ्ज :  नेपालगञ्जमा शान्ति र सदभाव कायम गर्ने उद्देश्यले बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले समाजिक सदभाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आंच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य […]