कोरोना संक्रमितको घर तथा कार्यक्षेत्रमा सिल गरियो

१९ बैशाख २०७७, शुक्रबार २२:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेको नेपालगञ्जमा कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जका तीन स्थानलाई सिल गरिएको छ । संक्रमण अन्यमा फैलिन नदिने उद्देश्यले ती स्थानहरुमा सिल गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ को डिएसपीरोड निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको घर, उनले काम गर्ने नेपालगन्ज वडान. ८ को महेन्द्रपार्क पछाडिको मस्जिद र नेपालगन्जको धम्बोझी चोकमा रहेको मस्जिदलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

संक्रमित पुरुष डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक अजान दिन र त्यहाँको मदरसामा पढाउन समेत आउजाउ गर्दै आएको कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो ।


यसैगरी नेपालगञ्ज धम्वोजीको मस्जिदमा बस्दै आएका एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।

बाँके प्रशासनले संक्रमित व्यक्तिको घरपरिवार, आफन्त र उनी सम्पर्कमा आएको स्थान, समुहको पहिचान गरी उनीहरुमा संक्रमण भए नभएको बारेमा परिक्षण गर्ने तयारी गरेको जनाएको छ ।

Next Post

राष्ट्रिय अर्थतन्त्रका लागि अवसरको सदुपयोग गर्ने केही योजना

१९ बैशाख २०७७, शुक्रबार २२:२२
योगेश्वर रोमखामी मगर, १९६० को दशकमा नेपाल र दक्षिण कोरियाका नागरिकको प्रति ब्यक्ति आय बराबर थियो । अहिले दक्षिण कोरियाको प्रतिब्यक्ति आय २५ हजार डलरमाथि पुगिसकेको छ भने हामी नेपालीको अबस्था कस्तो छ आत्म मूल्यांकन गर्नु पर्ने समय हो यो । कुनै पनि देशको अर्थतन्त्र बलियो भएन भने राष्ट्रको राष्ट्रिय […]