एमाले कर्णाली प्रदेश अधिवेशन : ५ पदाधिकारीसहित १३५ सदस्यीय क्लस्टर

सदरलाइन संवाददाता १२ आश्विन २०८०, शुक्रबार १८:३०
 

 

सुर्खेत :  नेकपा एमाले कर्णालीको प्रदेश अधिवेशनले निर्वाचित गर्ने पदाधिकारी र सदस्यको निर्वाचन क्लष्टर सार्वजनिक गरेको छ ।

२४ प्रदेश निर्वाचन क्लष्टरमा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ जना गरेर ५ पदाधिकारी र १२५ जना सदस्यको क्लष्टर तय गरेको छ । कुल १३५ सदस्यीय प्रदेश कमिटिमा ५ सदस्यको सिट जगेडा राखिएको छ ।


निर्वाचन समितिले सार्वजनिक गरेको क्लष्टरमा २ पुरुष १ महिला गरेर ७२, दलित ९ पुरुष ६ महिला गरेर १५ जना तोकिएको छ । यस्तै १५ दलितमा ४० वर्षमुनिका ३ पुरुष १ महिला तोकिएको छ ।

यसैगरी जनजातीतर्फ ५ पुरुष ३ महिला गरेर ८ जना जसमा ४० वर्षमुनीका १ पुरुष १ महिला तोकिएको छ । खुल्लामा १९ पुरुष १० महिला गरी २९ जनामा ४० वर्ष मुनिका ४ पुरनष २ महिला ताकिएको छ ।

एमाले कर्णालीले अल्पसंख्यकतर्फ १ जना सदस्य गरेर १३० जनाको निर्वाचन क्लष्टर सार्वजनिक गरेको छ । एमाले कर्णालीमा अध्यक्षमा पोलिटब्यूरो सदस्य गुलावजंग शाह र मीनबहादुर शाही अध्यक्षको दावेदार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल निर्वाचित

१२ आश्विन २०८०, शुक्रबार १८:३०
काठमाडौं  :  नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार (हिजो) भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन । ढुङ्गेलले ६ सय ९६ मत प्राप्त गर्दा दाहालले ४ सय ३९ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा […]