एमाले बागमती प्रदेश अध्यक्षमा ढुंगेल निर्वाचित

सदरलाइन संवाददाता १३ आश्विन २०८०, शनिबार १२:५५
 

काठमाडौं  :  नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार (हिजो) भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २ सय ५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन ।


ढुङ्गेलले ६ सय ९६ मत प्राप्त गर्दा दाहालले ४ सय ३९ मत ल्याएका थिए । यसैगरी उपाध्यक्षमा दावा दोर्जे लामा विजयी भएका छन । सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । सिलवालले ५ सय ६८ मत प्राप्त गर्दा अर्का प्रत्यासी हस्त पण्डितले ५ सय ६७ मत प्राप्त गरेका थिए ।

खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् । सहमतिमा प्रदेश नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा १ हजार १ सय ३५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष आरम्भ, पहिलो दिन प्रतिपदा र द्वितीया तिथि श्राद्ध

१३ आश्विन २०८०, शनिबार १२:५५
  काठमाडौ  :  आजदेखि सोह्रश्राद्ध अर्थात् पितृपक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका […]