प्रेस युनियनका उपमहासचिव केसीलाई मातृ शोक

सदरलाइन संवाददाता २४ असार २०७९, शुक्रबार १४:१४
 

नेपालगञ्ज : नेपाल प्रेस युनियनका उपमहासचिव एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष प्रेम केसीलाई मातृ शोक परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा निवासी केसीकी आमा सरस्वती केसीको ७० वर्षको उमेरमा असामयिक निधन भएको हो ।

परिवारका अनुसार केही समयदेखि मधुमेह रोगको उपचार गराइरहेकी उनको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा शुक्रवार विहान निधन भएको हो ।


पछिल्लो समय सरस्वती आफ्नी जेठी छोरीको निधनपछि विक्षिप्त अवस्थामा थिइन् । सरस्वतीका तीन भाइ छोरा र दुई वहिनी छोरी मध्ये जेठो छोरा र जेठी छोरीको निधन भइसकेको छ ।

प्रेम केसी माइला छोरा हुन् । कान्छा छोरा रोजगारीको सिलसिलामा मलेसियामा छन् । सरस्वतीको शुक्रवारनै राप्ती नदीस्थित सिधनिया घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

यसैबीच सरस्वती केसीको निधनप्रति प्रेस युनियन बाँकेले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई अध्यक्षमा थापा

२४ असार २०७९, शुक्रबार १४:१४
नेपालगञ्ज : नेपाल विद्यार्थी संघ कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट इकाई समितिको अध्यक्षमा शिशिर थापा चयन भएका छन् । दोस्रो अधिबेशनबाट थापाको नेतृत्वमा ३३ सदस्यीय इकाई कमिटी गठन गरिएको हो । नवनिर्वाचित इकाई कार्यसमितिको उपसभापतिमा देवेन्द्र पौडेल, रविन्द्र कठायत, रविन गौतम र सौगातजंग शाह, सचिवमा दिनेश मुडभरी र दिपेश दाहाल, […]