संगठन विस्तार अभियानमा राष्ट्रिय युबा संघ बाँके

सदरलाइन संवाददाता १० श्रावण २०७८, आईतवार १८:२२
 


नेपालगञ्ज : नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युबा संघ बाँकेले जिल्लाका आठवटै पालिका र वडास्तरमा कमिटी विस्तार गर्ने अभियान सञ्चालन गरेको छ ।

सो अभियानकै क्रममा आइतबार खजुरामा आयोजना गरिएको पालिका स्तरिय युवा भेलाबाट किरणकुमार क्षेत्रीको संयोजकत्वमा खजुरा गाउँपालिकास्तरीय रााष्ट्रिय युबा संघ कमिटी गठन भएको रााष्ट्रिय युबा संघ बाँकेका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।


उपाध्यक्षमा शान्ति सुनार, सचिबमा गौरब सापकोटा, सहसचिवमा रमेश खत्री र कोषाध्यक्षमा अस्गरअलि मिया रहेको १ सय २१ सदस्यीय राष्ट्रिय युबा संघ खजुरा गाउँपालिका कमिटी गठन भएको छ ।

सो कार्यक्रम नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको प्रमुख आतिथ्यतामा भएको युवा भेलामा राष्ट्रिय युबा संघका केन्द्रीय स्थायी कमिटी सदस्य एवम् बाँके इन्चार्ज खेमराज शर्मा, नेकपा एमाले खजुरा गाउँपालिका पार्टी अध्यक्ष गेहेन्द्र धिताल लगायतले एमालेको नीति विधि वमोजिम जनताको पक्षमा काम गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तराई–मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिदर रोड’

१० श्रावण २०७८, आईतवार १८:२२
सञ्चीता घिमिरे / काठमाडौं  : हुलाकी राजमार्ग आयोजना अन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई–मधेश क्षेत्रको समृद्धिके आधार  बन्न  थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक (फिदर रोड) ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ । आयोजनाअन्तर्गत पूर्व–पश्चिम हुलाकी राजमार्गसँगै उत्तर दक्षिणमा ‘फिदर रोड’ […]