सदरलाइनडटकम,
बैतडी : चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा बुधवारराती एक बालक घाइते भएका छन् । शिवनाथ गाउँपालिका ४ खडितका १५ वर्षीय हर्कबहादुर साउद चितुवाको आक्रमणमा परि घाइते भएका हुन् ।
छिमेकीको घरमा पूजामा गइरहेका बेला बसुला भन्ने स्थानमा चितुवाले आक्रमण गरेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवाले बालकलाई घाइते बनाइ छाडेर भागेको हो । बालकको खुट्टामा गहिरो चोट छ ।
मानवबस्ती पसेर चितुवाले आक्रमण गर्न थालेपछी तल्लोस्वराडका नागरिक त्रसित भएका छ । २०६८ साल यता बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट २४ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।
