कर्णालीवासीलाई सुर्खेतमै श्रम स्वीकृति मिल्ने

१२ मंसिर २०७५, बुधबार १८:३८
 

सदरलाइनडटकम,
सुर्खेत : कर्णालीवासीहरुलाई श्रम स्वीकृति लिन संघीय राजधानी काठमाण्डौ जानु पर्ने बाध्यता हट्ने भएको छ । वैदेशिक रोजगारमा जाने कामदारले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा श्रम स्वीकृति लिन पाउने भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको बुधवार औपचारिकरुपमा उद्घाटन गरिएपछि यस्तो बाध्यता हटेको हो । कार्यालयको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सबै श्रमिकहरूको जीवन सुरक्षाका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको बताए ।
श्रमिकहरूका हरेक समस्या समाधान गर्न सरकारले कार्यक्रम सुभारम्भ गरेको उनको भनाई छ । मन्त्री विष्टले सरकारले लिएको नीति कार्यक्रम लागू हुँदैन की भनेर शंका नर्गनसमेत आग्रह गरे । आगामी वर्ष नेपालमा लाखौं युवालाई रोजगार दिने गरी सरकारले गृहकार्य अघि बढाएको भन्दै उनले ज्यानको जोखिम मोलेर विदेशमा काम गर्न जाने दिनको अन्त्य गर्न सरकार कटिबद्ध रहेको जिकिर गरे ।
कार्यालय सञ्चालन भएपछि कर्णालीबासीले विदेश जानका लागि श्रम स्वीकृति लिन काठमाण्डौ जान नपर्ने मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए ।

Next Post

१२ हजार किलो हरियो केराउसहित तीन पक्राउ

१२ मंसिर २०७५, बुधबार १८:३८
सदरलाइनडटकम नेपालगञ्ज  : वडा प्रहरी कार्यालय नेपालगञ्जले विल विजक शंकास्पद राखि नरैनापुर हुँदै भारत लैजान लागेको १२ हजार किलो हरियो केराउ (मटर) नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि राजस्व अनुसंन्धान कार्यालय कोहलपुर पठाएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जका ईन्चार्ज तथा प्रहरी निरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार बुधबार दिउसो सवा ४ […]