सदरलाइनडटकम
३ बैशाख, नेपालगन्ज : नेपालगन्जमा सोमबार वडास्तरिय एक भेलाले वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्रकुमार गुप्ताको संरक्षणमा अभयकुमार गुप्ताको अध्यक्षतममा समसानघाट तथा सडकनिर्माण उपभोक्ता समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष, कोषाध्यक्ष, सचिवमा क्रमश शैलेन्द्र बैश्य, मालारानी जोशी, गोपीनाथ गुप्ता रहेका छन् । सदस्यमा दीपककुमार गुप्ता, बिजय कुमार बैश्य, शैलेन्द्र जोशी, नन्दकिशोर नाउ तथा अनुप कुमार गुप्ता रहेका छन् ।
सो समितिले एकिकृत शहरी विकास परियोजना कार्यान्वयन इकाई नेपालगन्जको सहयोगमा बुलबुलैयास्थित हिन्दु शमसान भुमीको सरसफाई सडक तथा नालीनिर्माण गर्ने जनाइएको छ ।
