बाँकेका २ जनामा कोरोना संक्रमण पुष्टि

सदरलाइन संवाददाता ८ मंसिर २०७८, बुधबार १५:४९
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४० नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३३ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बागेश्वरी ल्याबमा ७ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधवार संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५६ पुगेको छ ।

यस्तै बुधवार ३ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा वडा नं. ५ र ६ वालविवाह मुक्त घोषणा

८ मंसिर २०७८, बुधबार १५:४९
नेपालगञ्ज : खजुरा गाउँपालिका वडा नं. ५ र ६ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिएको छ । बुधवार एक समारोहका वीच दुई वडालाई संयुक्तरुपमा वालविवाह मुक्त वडा घोषणा गरिएको हो । दुबै वडामा गरिएको सर्वेक्षण अनुसार बालविवाहमुक्त वडा घोषणा गर्न मापदण्ड पुगेकाले २ वडालाई बालविवाहमुक्त वडा बनाइएको हो । […]

सम्बन्धित