नेपालगञ्जमा तीज महोत्सव सुरु

सदरलाइन संवाददाता २३ भाद्र २०८०, शनिबार ०७:०६
 

नेपालगञ्ज : हरितालिका तीजलाई लक्षित गरी नारी विकास केन्द्र नेपालगञ्जले आफ्नै कार्यालय परिसरमा रामलिला मैदान नजिकै २ दिने तीज महोत्सवको आयोजना गरेको छ ।

महोत्सवमा गृहणी महिलाहरुले घरमै उत्पादन गरेका समाग्री बिक्री वितरण गर्ने उदेश्यले २५ वटा विभिन्न सामाग्रीको स्टल राखिएको आयोजक संस्था नारि विकास केन्द्र बाँकेका अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले जनाकारी दिईन ।


उनले सो स्टलमा तीजको लागि किनमेल गर्न सजिलो बनाउने उदेश्यले महोत्सवको आयोजना गरिएको बताईन ।

नारी विकास केन्द्रमा विभिन्न सिप सिक्न आउने गृहणीले तयार पारेका लत्ता कपडा, खानेकुराको परिकार, शौभाग्यको समाग्रीहरु, चुरा, टिका आदी, बेत बाँस थाकलको झोलालगायतका सामाग्रहरु विक्रि वितरणको लागि स्टलमा राखिएको छ । महोत्सव २ दिनसम्म सञ्चालन हुने र माग आएमा एक दुई दिन थप हुने आयोजक सदस्य रचना श्रेष्ठले जानकारी दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तथ्यहिन समाचार सम्प्रेषण नगर्न पुनको आग्रह

२३ भाद्र २०८०, शनिबार ०७:०६
स्वर्गद्वारी (प्युठान) : नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । प्युठानको स्वर्गद्वारीमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको विस्तारित वैठकलाई सम्बोधन गर्दै सभापति पुनले भ्रम सिर्जना गर्ने गरी तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गरे । जिम्मेवार पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा […]

सम्बन्धित