सिक्टाको संसदीय समितिद्वारा अनुगमन

२५ आश्विन २०७५, बिहीबार १८:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रतिनिधीसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको टोली सिक्टा सिँचाई आयोजनाको स्थलगत निरिक्षण गरेको छ ।
परीक्षणका क्रममा पटक–पटक भत्किएपछि निर्माणमा अनियमितता र गुुणस्तरहीन काम भएको आशंकाबीच अख्तियार र जलश्रोत मन्त्रालयले छानविन गरिरहँदा समितिका सभापति पुर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले बुधवार र बिहीवार दुई दिन आयोजनाको मुल बाँध तथा मुलनहरको स्थलगत अनुगमन गरेको हो ।
टोलीले स्थानीयसँग समेत अन्तरक्रिया गरेको छ । सिक्टा सिचाई आयोजनाको स्थलगत निरिक्षण गरी टोली भेरी–बबई डाईभर्सनको निर्माण बारे जानकारी लिने कार्यक्रम रहेको समितिकी सभापति सुवेदीले बताइन् ।
अनुगमन समितिमा सांसदहरु सत्य नारायण शर्मा खनाल, राजबहादुर बुढाक्षेत्री, शान्तिमाया तामाङ पाख्रिन र शान्ता चौधरी रहेका छन् । सिक्टाको अनुगमनमा सांसद महेश्वर गहतराज, पुर्व सांसद देवराज भार, प्रदेश सांसद आइपी खरेल, कृष्ण केसीलगायत सहभागी थिए ।

Next Post

कोहलपुरबाट रेडपाण्डाको छालासहित पाँच पक्राउ

२५ आश्विन २०७५, बिहीबार १८:२०
सदरलाइनडटकम कोहलपुर (बाँके) : बाँके प्रहरीले दुर्लभ तथा संरक्षित जन्तु रेड पाण्डाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निराजन घिमिरेले दिएको जनाकारी अनुसार बिहीबार साँझ पाँच बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको विशेष टोलीले कोहलपुर–२ सालको बुटामा रहेको सन्ध्यालक्ष्मी […]