सांसद नमुनाद्वारा कृषकलाई कृषियन्त्र हस्तान्त्रण

३० जेष्ठ २०७७, शुक्रबार ०७:५०
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : पाँच नम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिहीबार राप्तीसोनारी–५ का किसानलाई कृषि यन्त्र हस्तान्त्रण गरेकी छन् ।

सांसद नमुनाका स्वकिय सचिव समेत रहेका नेकपाका युवा नेता सुर्यप्रकाश घर्तीले दिएको जानकारी अनुसार राप्ती सोनारी–५ कन्याश्वरी कृषि बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडलाई ५ नम्बर प्रदेशले कृषि ज्ञान केन्द्र बाँके मार्फत धानबालिका लागि उपलब्ध गराएको विभिन्न कृषि औजार अनुदान कृषकलाई हस्तान्तरण गरेकी हुन ।


बिहीबार हस्तान्त्रण गरिएका कृषि यन्त्रहरुमा विभिन्न प्रकारका पम्पन्सेट २४ जनालाई तथा अन्य मेसिनरी सामान २२ जना कृषकले पाएका छन्् । सो अवसरमा वडा अध्यक्ष झगरु थारुको समेत उपस्थिति रहेको थियो ।

Next Post

मोटरसाईकलमा एक र चारपाङ्गेमा ३ जनामा मात्र

३० जेष्ठ २०७७, शुक्रबार ०७:५०
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँकेमा आज जेष्ठ ३० गते सबारी साधन मध्ये निजि सबारी साधनका दुई पाङ्ग्रे (मोटरसाईकल)मा चालक मात्रै र जोर नम्बरका चार पाङ्ग्रे चालक बाहेक दुईजनासम्म यात्रा गर्न पाईने भएको छ । कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको मोडालिटी परिवर्तनसंगै बाँके प्रशासनले सो मोडालिटी लागु गरेको […]

सम्बन्धित