कोरोना संक्रमित लुकेर बस्दा झनै खतरा बढ्दो, खोजीका लागि विभिन्न टोली परिचालित

२६ श्रावण २०७७, सोमबार १०:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज यतिबेला कोरोना हटस्पटमा छ । स्थानीय प्रशाशनले कोरोना नियन्त्रणको लागि चारकिल्ला तोकेर आवागमन नै ठप्प पारेर निषेधाज्ञा जारी गरेको छ । तर, केही कोरोना पोजेटिभ नतिजा आएका व्यक्तिहरु भने लुकेर समुदायमै बसेका छन् ।

प्राप्त सुचना अनुसार गत २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब संकलन गरिएका मध्येका ८ जना र २५ गते पोजेजिभ नतिजा आएका ६ जना गरी १४ जना संक्रमित सम्पर्कमा नआउदा उनीहरुको कारण झनै अवस्था भयावह हुने खतरा बढेको छ ।

ती मध्ये एकजना सरकारी अधिकृत रहेको बाँकी ‘पहुँचवाला’ रहेको कारण आईशोलेशनमा लैजान सकिएको छैन । उनीहरु सबैले मोबाईल अफ गरेर बसेका छन । ती १४ जनाको खोजिमा स्वास्थ्यकर्मी परिचालित गरिए पनि भेट्टाउन नसेकपछि प्रहरीको मद्दत मागिएको छ ।


यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले यो संकटको बेलामा सबैको सहयोग भएमात्र सामना गर्न सकिने भएकोले पोजेटिभ रिर्पोट आएकाहरु स्वस्फुर्त आईशोलेशनमा आईदिन आग्रह गरेका छन् ।

उनले केही संक्रमितहरु आफ्नो नतिजा पोजेटिभ आउने वित्तिकै लुकेर बसको कारण अफुहरुलाई धेरै असहज भएको बताउदै संक्रमितहरु आइसोलेशन बस्दा संक्रमण अरुलाई नसर्ने साथ लुकेर बस्दा उनीहरुको स्वास्थ्य अवस्था पनि जटिल भए पनि उपचार पाउन कठिन हुने हुँदा लुक्न भन्दा पनि स्वस्फूर्त सम्पर्कमा आउन अनुरोध गरे ।

Next Post

दुई चिकित्सकसहित बाँकेमा १५ संक्रमित थपिए

२६ श्रावण २०७७, सोमबार १०:४९
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेजबाट संकलन गरिएको स्वावको परीक्षण गर्दा दुईजना चिकित्सकमा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित महिला चिकित्सक हुन् । यसअघि मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकलाईनै भाइरस पुष्टि भएको थियो । भेरी अस्पताल […]

सम्बन्धित