बाँकेमा लगाइएको धानबालीमा गबारो कीराको प्रकोप

सदरलाइन संवाददाता २२ भाद्र २०८०, शुक्रबार १५:०४
 

नेपालगञ्ज : बाँकेका विभिन्न ठाउँमा लगाइएको धान बालीमा गबारो किराको प्रकोप देखिएको छ । गबारोे कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।

केही दिनयता बाँकेका सबै पालिकामा गबारोे कीराको प्रकोप तीव्ररूपमा फैलिएको छ । पसाउन लागेको धानबाली गबारोे कीराले नष्ट गरेपछि किसानहरु निराश छन् । गबारोे कीराले धानलाई काटिदिएपछि धान खेतमै मर्न थालिसकेको छ ।

जिल्लाका बैजनाथ गाउँपालिका र कोहलपुर गाउँपालिकामा करिब ३५ प्रतिशत धान खेतीमा गबारो कीराको प्रकोप देखिएको जानकारी आएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जका कृषि विज्ञ जीवन कुमार केसीले गबारो कीराको प्रकोपले बैजनाथ र कोहलपुर सबैभन्दा बढी प्रभावित भएको जनाउँदै अन्य गाउँपालिकामा पनि प्रकोप देखिन थालेको बताए । उनले कोहलपुर र बैजनाथमा सो किराले २० प्रतिशतभन्दा बढी धान खेती सखाप पारिसकेको र कीराको प्रकोप बढ्दै गएको बताए ।


बैजनाथ गाउँपालिका–३ का किसान अनिल थारुले राम्रोसँग हुर्किरहेको धानबाली अहिले गबारोे कीराका कारण मर्न थालेको दुखेसो गरे । उनले भने, “मैले १५ कट्ठा खेतमा लगाएको धान राम्रोसँग हुर्किरहेको बेला गबारोे कीरा लागेर खेतमै धान सुक्न थालेपछि भोकमरीको चिन्ताले सताउन थालेको छ ।” सोही प्रकारको दुखेसो कोहलपुर–६ का किसान सुरेश चौधरीको पनि छ । उनले निकै दुःख गरेर २५ कठ्ठामा लगाएको धानमध्ये २० प्रतिशतमा कीराले नोक्सान पुर्याइसकेको बताए ।

कृषि ज्ञान केन्द्र नेपालगञ्जले किसानलाई कुन औषधि प्रयोग गर्ने भन्ने जानकारी समेत नभएको जनाउँदै गबारोे कीरा देखिएका ठाउँ लगायत अन्य क्षेत्रमा कृषि प्राविधिकहरु पठाएर नियन्त्रण प्रयास गरिरहेको जनाएको छ ।

कृषि ज्ञान केन्द्रका कृषि विज्ञ केसीले भने, “कीराको प्रकोप देखिए पनि हामीले सल्लाह सुझाव बाहेक अन्य केही सहयोग गर्न सकेका छैनौं । किसानहरुले आफैं औषधि खरिद गरेर प्रयोग गरिरहनुभएको छ ।”

गबारोे धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठुलो क्षति पुर्याउने गरेको छ । कीराको प्रकोप तीव्र रूपमा फैलिने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी

२२ भाद्र २०८०, शुक्रबार १५:०४
बर्दिया : एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ । कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा, नागरिक उन्मुक्ति, नेकपा (एस), राष्ट्रिय जनमोर्चालगायत दलले तालाबन्दीसँगै बजार बन्द गरेका […]