नेपालगञ्जले ग्रीन सिफ्ट परियोजना सञ्चालन गर्ने

सदरलाइन संवाददाता १ फाल्गुन २०८०, मंगलवार १४:२७
 

नेपालगञ्ज : दिगो विकासतर्फको महत्वपूर्ण कदममा नेपालगञ्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ । चक्रिय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघको सहयोगमा कार्यन्वयन हुन लागेको चारवर्षीय परियोजना हो ।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले फोहोरमैला व्यवस्थापनका लागि तथ्यांक संकलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न सम्झौता ज्ञापन पत्रमा पनि हस्ताक्षर गरेका छन् । नेपालगञ्ज उप महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष तथा विपद व्यवस्थापन समितिको संयोजक समिर प्रताप सिंहले यस परियोजनाको आगामी कार्यान्वयनको लागि आफ्नो उत्साह व्यक्त गरे ।

उनले कार्यक्रमको सफलताका लागि आवश्यक सबै सहयोग गर्न उप महानगरपालिका तत्पर रहेकोमा जोड दिँदै विद्यालय, युवा समूह र कार्यान्वयन साझेदारहरूलाई पूर्ण सहयोग गर्ने आश्वासन दिए ।


नेपालगञ्ज उपमहानगरपालिकासहित ग्रिनसिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेश प्रदेशका जम्मा ९ वटा पालिकामा काम गरिरहेको छ । ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरुको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र तीन तहका सरकारहरूसँग मिलेर काम गर्नेछ ।

परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरूको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर संकलन क्षमता अभिवृद्धि गर्नेस प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवर्द्धनका लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्नेस ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूसंग काम गर्नेस युवाहरूलाई पैरवी र सचेतना अभियानहरूमा संलग्न गराउने र युवा र सफाइकर्मीहरुको संस्थाको सक्रिय संलग्नता मार्फत समावेशी र प्रमाणमा आधारित नीतिनिर्माणका लागि तीन तहको सरकारलाइ सहयोग गर्ने उद्देश्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फागुन ५ गतेदेखि नेपालगञ्ज–जनकपुर सिधा उडान

१ फाल्गुन २०८०, मंगलवार १४:२७
नेपालगञ्ज : जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगञ्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगञ्ज–जनकपुर सिधा हवाई उडान शुरु हुन थालेको छ । फागुन ५ गते र ७ गते लुम्बिनी प्रदेशको नेपालगञ्जबाट मधेश प्रदेशको जनकपुरसम्म यति एअरलाइन्सले सिधा हवाई उडानको […]