लायन्स क्लव ३२५ बी–२ मा नयाँ नेतृत्व

१० जेष्ठ २०७७, शनिबार २०:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मुलुक कै ठूलो समाजसेबी संस्था लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ मा नयाँ नेतृत्व चयन भएको छ ।

लायन वर्ष २०२०/२०२१ का लागि लायन शंभु नकर्मी डिष्ट्रिक गभर्नर चयन भएका छन् ।यस अघि उनी प्रथम भाईस डिष्ट्रिक गभर्नर रहेका थिए ।

उनीसंगै प्रथम भाईस डिष्ट्रिक गभर्नरमा लायन रामप्रसाद भट्ट र द्वितीय भाईस डिष्ट्रिक गभर्नरमा लायन सि वि चन्दले सर्वसम्मत ‘एश’ मत प्राप्त गरि निर्र्वािचत भएका हुन ।


लयान्स क्लवमा एक वर्ष कार्यकाल हुने गरेको छ । हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ लयान्स क्लबका सदस्यहरु विपत्तीमा पहेलो ज्याकेट लगाएर समाज सेवामा अग्रपङ्तीमा खटिने गरेका छन् ।

कोरोना भाईरसको संक्रमणको महामारीको कारण ‘भच्युअल’ माध्यामबाट सम्पन्न भएको अधिवेशनमा नव निर्वाचित डिष्ट्रिक गभर्नर, प्रथम र द्वितिय डिष्ट्रिक गभर्नरले सर्वसम्मत ‘एश’ मत प्राप्त गरि निर्र्वािचत भएका हुन ।

यस अघि बाँकेबाट दुई जनाले डिष्ट्रिक गभर्नर भएर क्लवलाई नेतृत्व दिई सकेका छन । लायन सेम शाक्य डिष्ट्रिकका पहिलो डिष्ट्रिक गभर्नर हुनुको साथै लायन मधुसुदन शर्मा रिजालले पनि डिष्ट्रिक गभर्नर भएर क्लबलाई नेतृत्व दिएका हुन ।

Next Post

नरैनापुरमा प्रहरी जवान पनि कोबिड–१९ संक्रमित

१० जेष्ठ २०७७, शनिबार २०:५०
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा कोबिड–१९ को महामारीमा अग्रपङ्तीमा खटेका स्वास्थ्यकर्मी, प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार पुष्टि भएका संक्रमित मध्ये एकजना प्रहरी जवान हुन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले नरैनापुरको कालाफाँटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी […]