प्रदेस नं. ५ नगरपालिका संघ गठन संयोजक बुटवलका सुवेदी नेपालगन्जकी उमा भईन सहसंयोजक

२३ माघ २०७४, मंगलवार २०:२२
 

सदरलाइनडटकम
२३ माघ, नेपालगन्ज : पाँच नंम्बर प्रदेसका नगरपालिका संघको भेलाले बुटवल उप–महानगरपालिकाका मेयर शिवराज सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।
दाङ्गमा मंगलबार भएको भेलाले नेपालगन्ज उप–महानगरपालिकाकी उप–मेयर उमा थापा मगरलाई सह–संयोजक चयन गरेको छ । सो भेलामा ५ नं. प्रदेसका सबै नगरपालिकाका मेयर र उपमेयर सहभागि रहेका थिए ।
यसैगरी सदस्यहरुमा घोराही उप–महानगरका मेयर नरुलाल चौधरी, तानसेन नगरापालिकाका उप–मेयर लक्ष्मी पाठक, मुसीकोट नपाका मेयर सोमनाथ सापकोटा, शीवकुुमारी चौधरी उप–मेयर शिवराज नपा, सूर्य अधिकारी मेयर शिवगंगा नपा, अब्दुल कलाम मेयर महाराजगन्ज नपा, सञ्जु चौधरी उप मेयर कोहलपुर नपा, अर्जुन कुमार कक्षपति प्युठान नपा, कुष्मा थारु उप मेयर ठाकुरबाबा नापा र मनमोहन चौधरी लुम्बिनी सांस्कृतिक नपा सदस्य रहेका छन् ।


 

Next Post

सिद्धार्थ बिजनेश गु्रपको दुई दशक पुरा गरेको अवसरमा रक्तदान, बिरामी र अनाथलाई आर्थिक सहयोग

२३ माघ २०७४, मंगलवार २०:२२
सदरलाइनडटकम २३ माघ, टीकापुर  : सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको दुई दशक पुरा भएको अबसरमा देशैभरका शाखाहरुको माध्यामबाट बिभिन्न रचनात्मक कार्यक्रम गरेको छ । २० औ बार्षिक उत्सबको अबसरमा गु्रपले कैलालीको बलचौर मा रहेको अनाथालयमा रहेका ११ जना अनाथ बालबालिकालाई खाना खुबाउनुका साथै ३ महिनालाई पुग्ने चामल सहित दाल, […]