बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते, २ गम्भीर

सदरलाइन संवाददाता २० माघ २०७८, बिहीबार १२:४७
 

नेपालगञ्ज : बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । बाँसगढी नगरपालिका वडा नम्बर ३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीवार बिहान करिब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ ।


दुर्घटनामा घाइतेमध्ये कालीकोटको त्रिवेणी गाउँपालिका ६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी गाउँपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

दुवै जनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । सामान्य घाइते भएका अन्यको कौशिल्या अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालाबजारमा ब्याडमिन्टन कोर्ट निर्माणपछि उदघाटन

२० माघ २०७८, बिहीबार १२:४७
नेपालगञ्ज : युनिक स्पोर्ट्स क्लबको पहलमा र युनिक नेपालको सहयोगमा राजापुर नगरपालिकाको बालाबजारमा ब्याडमिन्टन कोर्ट निर्माण गरि उदघाटन गरिएको छ । युनिक नेपालले बालाबजार खेलकुद समितिको मागमा सो कोर्ट निर्माण सहयोगको साथै खेलकुद सामग्री पनि सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले ब्याडमिन्टन कोर्टको […]