कोहलपुरस्थित जनता माविमा फेरी तालाबन्दी

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १६:३७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ स्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले प्रधानाध्यापकको कार्यकक्षमा बिहीवार फेरी तालाबन्दी गरेका छन् ।

जनता माबिमा लामो समयदेखि बिद्यालय ब्यबस्थापन समिति गठन हुन नसकेको पुरानो समितिको म्याद सकिएकोले काम गर्न समेत नदिएको र समिति गठन गर्न प्रधानाध्यापकले ढिलासुस्ती गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठनको इकाई कमिटीले तालाबन्दी गरेको जनाइएको छ ।

भाद्र ११ गते ब्यवस्थापन समिति गठन गर्न अभिभावक भेलाको आयोजना समेत भएको थियो र भेलामा विद्यालयमा भएका विभिन्न खाले भ्रष्टाचार, विकृति तथा अनियमितताबारे कुरा उठान भएपछि बोलाईएको भेला समेत प्रधानाध्यापक चन्द बहादुर खत्रीले बैधानिक नभएको आरोप लगाएका थिए । प्रधानाध्यापक माथि थुप्रै प्रकारका भ्रष्टाचारका आरोपहरु लागेपछि भेलामा उपस्थित अभिभावकहरुले प्रअको कार्यकक्षमा भाद्र ११ गते तालाबन्दि समेत गरेका थिए ।


भाद्र १३ गते पुनः विद्यालयका अभिभावक, वडाध्यक्ष, बुद्धिजीवी लगायतको भेला सम्पन्न भई बिद्यालयमा उठेका बिषयमा छानबिन गर्न बिरेन्द्र बहादुर शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको र प्रअ चन्द बहादुर खत्रीलाई तीन दिने अल्टिमेटम दिई लिखित स्पष्टिकरण समेत मागेको थियो ।

उक्त भेलालाई समेत ललकार्दै प्रधानाध्यापक सर्वदलीय निर्णयमा बिरोध जनाउँदै भेलाबाट भागेका थिए । बिद्यालयमा उठेका तमाम विसंगतिलाई स्पष्ट नपारि गैरजिम्मेवार तरिकाबाट भागेकोले भाद्र १७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजकले विज्ञप्ति जारी गर्दै बिद्यालयमा तालाबन्दी गरेका थिए ।

उक्त ताला नगर प्रहरीले केही स्थानिय राजनीतिक दलका मान्छेको रोवहरमा फोडेपछि उक्त कार्यको अखिल क्रान्तिकारी बाँकेले घोर आपत्ति भन्दै नगरवाट खटिएका सिभिल प्रहरी लगायत केही ब्यक्तिहरुले उक्त बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई साथमा लिएर ताला फुटाउने काम गरेपछि बिहीवार पुनः जनता माबिमा अध्ययनरत बिद्यार्थीहरुको सक्रियतामा प्रअको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । विद्यालयको समस्या यथास्थितीमा रहेको भन्दै यथाशिघ्र निकास निकाल्नुपर्ने विद्यार्थीहरुले आवाज उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सचिव भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर गरे उपचारमा सहयोग

२१ भाद्र २०८०, बिहीबार १६:३७
काठमाण्डौं : एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश् भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर विगतका वर्षमा झै यस वर्ष ताप्लेजुङ सिरिजंघा गाउपालिका–२ आम्बेगुदिनका विरामी बालकको उपचारमा सहयोग गरेका छन । उनले ताप्लेजुङ सिरिजंघा गाउपालिका–२ आम्बेगुदिनका शान्तिराज कार्कीको छोरा अर्जुन कार्कीको उपचारमा अस्पतालमै पुगेर २० हजार सहयोग गरेका हुन । विगत १ […]