लागु पदार्थ दुर्ब्यसनीविरुद्ध कोहलपुरमा सकड कार्यक्रम

सदरलाइन संवाददाता ७ फाल्गुन २०८०, सोमबार १४:४६
 

कोहलपुर (बाँके) : सामुदायिक प्रहरी साझेदारी र होप फर चिल्ड्रेनको आयोजना तथा ज्ञान ज्योति माविका विद्यार्थीहरुको सहभागितामा कोहलपुरका विभिन्न क्षेत्रमा र्याली गर्र्दै लागु पदार्थ दुर्ब्यसनी विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

लागु पदार्थ दुर्ब्यसनीले ब्यक्ति, परिवार र समाजलाई कति असर गरिरहेको छ भन्ने दृश्यहरु नाटक मार्फत मञ्चन गर्दै ज्ञान ज्योति माविका विद्यार्थीहरुले समतामुलक सभ्य समाज निर्माण गर्न युवाहरु कुलतमा हैन सिर्जनात्मक काममा लाग्नु पर्ने सन्देश दिएका थिए ।

आजका युवाहरु कसरी कुलतमा फस्छन भन्ने सन्देश सहितको नाटक मञ्चनलाई इलाका प्रहरी कार्यालयका महिला प्रहरीले समेत साथ दिएका थिए । लागु पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोँचाईमा परिवर्तन ल्याउँछ भन्ने कुराको बोध गराउन अग्रसर रहेका महिला प्रहरी समेत नाटकमा सहभागी भएका थिए ।


लागु पदार्थ दुर्ब्यसनी विरुद्ध विभिन्न प्ले कार्डसहित नगरको परिक्रमा गरी आयोजना गरिएको नाटक कार्यक्रममा लागु पदार्थ सेवनबाट हुने बेफाइदा, यसले गर्ने असर र कानुनी व्यवस्थाका बारेमा प्रहरी कर्मचारीहरुले प्रबचन समेत दिएका थिए ।

पछिल्लो समय बाँके जिल्लामा बढ्दो लागु पदार्थ दुर्ब्यसनी न्युनिकरणका लागि बाँके प्रहरी तथा मातहतका प्रहरी युनिटहरुले बार्षिक क्यालेण्डर नै बनाएर लागु पदार्थ दुर्ब्यसनी विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गर्दै आएपनि विभिन्न जाँचका क्रममा लागु औषध सेवनकर्ता, विक्री वितरण तथा ओसारपसार गर्नेहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

लागु पदार्थ दुर्ब्यसनीहरुलाई घरदेखिनै सुधारका कार्यमा लगाउन परिवारको नै ठुलो हात हुने भन्दै बालबालिकाहरुले सामान्य लक्षण फरक ब्यवहार गर्न थालेमा उनीहरुको आनीबालीलाई सूक्ष्मरुपले अध्ययन गरी उपचार तर्फ लाग्नु पर्ने वक्ताहरुले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फुड प्वाइजनका कारण बर्दियामा सय बढी विरामी

७ फाल्गुन २०८०, सोमबार १४:४६
बर्दिया : फुड प्वाइजनका कारण बर्दियामा एकै गाउँका १ सय २० जना भन्दा बढी विरामी परेका छन् । उनीहरुमध्ये ५१ जनाको बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको छ भने बाँकीको मुधवन नगरपालिकामा रहेको नगर अस्पतालमा उपचार भईरहेको छ । मधुवन नगरपालिका वडा नं. १ गर्भु गाउँका ४१ जना फागुन ४ गते […]