क्रान्तिकारीद्वार खजुरामा जग्गा कब्जा

सदरलाइन संवाददाता १८ भाद्र २०८०, सोमबार १५:४७
 

खजुरा (बाँके) : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले बाँकेको खजुरा गाउँपालिका वाड नं. ६ पुरैनामा रहेको जग्गा कब्जा गरेको छ । आईतवार उक्त जग्गामा झण्डा गाडदै पार्टीले उक्त जग्गा कब्जा गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले जानकारी दिएको छ ।

२०२५ सालदेखि जनताले जोत भोग गर्दै आएको जमिन केही माफिया र दलालहरुको इसरामा खजुरा गाउँपालिकाले त्यहाँ जोतभोग गर्ने जोताहा किसानहरुलाई विभिन्न खाले प्रलोभन, डर धम्की देखाई उक्त जमिनलाई टेन्डरको नाममा भु माफियाहरुलाइ सुम्पन्ने निर्णय गरेको भन्दै बिरोध स्वरुप गर्दै उक्त निर्णयबाट स्थानिय सरकार पछि हटेर जोताहा किसानलाई जगा फिर्ता नगर्दा सम्मको लागि कब्जा गरेको जनाएको छ ।


साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले सो जग्गामा बिरोध जनाउदै कालो ब्यानरसहित झण्डा गाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सरकारको ध्यानाकर्षण

१८ भाद्र २०८०, सोमबार १५:४७
नेपालगञ्ज : बाँकेस्थित दुई वटा अस्पतालबाट सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुचिबाट हटाएपछि नागरिक समाजले सरकारलाई ज्ञापनपत्र पठाएको छ । नागरिक समाज तथा सर्बसाधारणको अगुवाईमा स्वास्थ्य मन्त्री र स्वास्थ्य बीमा बोर्डलाई ज्ञापनपत्र पठाइएको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले सोमबार जिल्ला प्रशास कार्यालय बाँकेका […]