रुकुमको जंगलमा एक दर्जन बढी बम भेटिए

सदरलाइन संवाददाता २७ फाल्गुन २०७८, शुक्रबार १४:१३
 

नेपालगञ्ज : जंगलमा ड्रमभित्र एक दर्जन बढी बम लुकाइराखेको अवस्थामा फेला परेका छन् । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको बुर्किसल्लाको जंगलमा एक दर्जन बढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हिजो दिउँसो जंगलको ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा सकेट बमहरु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी जनाएको छ ।


उक्त जंगल क्षेत्र माओवादीको प्रभाव पर्ने भएकाले ती सकेट बमहरु द्वन्द्वकालमा लुकाएर राखिएका हुन सक्ने प्रहरीले जानकारी दिएको छ । ती सकेट बमलाई डिस्पोज गर्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेपत्ता भएको तीन दिनपछि वृद्धाको शव फेला

२७ फाल्गुन २०७८, शुक्रबार १४:१३
सुर्खेत : रूकुमपश्चिममा बेपत्ता भएको तीन दिनपछि एक वृद्धाको शव फेला परेको छ । अस्थाई प्रहरी पोष्ट छिबाङ रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–१३ लामिडाडा बस्ने ७३ वर्षीय कली रोकाको शव फेला परेको हो । प्रहरीका अनुसार गत फागुन २३ गते कली रोका घरदेखि बेपत्ता भएकी थिइन् । उनलाई आफन्तले खोजतलास […]