डेटोनेटरसहित भारतमा नेपाली नागरिक पक्राऊ

९ असार २०७३, बिहीबार १३:५९
 

detonatorभारतको उत्तरा खण्डमा सडक बनाउने कार्यमा सक्रिय कालिकोटका ६२ वर्षिय गोपाल प्रसाद अधिकारी अवैध विष्फोटक ‘डिटोनेटर’ सहित सीमा क्षेत्रकै भारतीय नाका रुपैडिहामा पक्राउ परेका छन् ।
उनलाई भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) रुपैडिहा चेक पोष्टले अवैध विष्फोटक पदार्थ ओसारपसारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।
भारतीय एसएसबीको रुपैडिहा चेक पोष्ठमा तैनाथ एसएसविको सातौ बाहनीको एफ कम्पनीका सहायक सेनानायक रवि शंकर कुमारले दिएको जानकारी अनुसार कालिकोटका ६२ वर्षिय दुर्गाप्रसाद अधिकारीलाई ३८ पिस डेटोनेटर र २९ पिस सेफ्टी फ्यूज तारसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका अधिकारी भारतको उत्तराखण्डको केदारनाथमा सडक निर्माण कार्यमा संलग्न मजदुर भएको र उनले त्यहाँ काम गर्ने क्रममा सो विष्फोटक जम्मा गरी घर लैजान लागेको  बयान दिएको बुझिएको छ ।
एसएसबीले घटनाको अनुसंधान पुरागरी आवश्यक कारवाहीको लागि पक्राउ परेका अधिकारीलाई भारतीय प्रहरीको जिम्मा लगाएको छ । भारतको सिमला तथा उत्तराखण्डमा मजदुरी गर्न जानेहरु अधिकांश मजदुरले नेपाल फर्कदा डिटोनेटर, फ्यूज वायर, लोला जस्ता विष्फोटक लिएर आउने सीमा क्षेत्रबाट पक्राउ पर्ने क्रम बढ्दो रहेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला समूहमा बाख्रा उपहार कार्यक्रम प्रभावकारी बन्दै

९ असार २०७३, बिहीबार १३:५९
सदरलाइनडटकम १३ असार, नेपालगन्ज :  बाँकेलाई मासु जन्य पदार्थमा आत्म निर्भर बनाउनको लागि सञ्चालनमा ल्याईएको बाख्रा उपहार कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । गृहणी महिलाहरुले समूह गठन गरि सुरु गरेको बाख्रा उपहार कार्यक्रमले उनीहरुलाई घरखर्च चलाउनमात्र नभएर उनीहरुको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सफल भएको छ । बाँके महादेवपुरी– ३ […]