चार महिला सहित ५२ जना युवाहरुद्वारा रक्तदान

१५ फाल्गुन २०७३, आईतवार १२:५९
 

सदरलाइनडटकम   
१५ फागुन, नेपालगन्ज : राइजिङ आइडल्स बा“के, जिल्ला युवा क्लब संजाल बा“केको आयोजना जनमत अद्र्ध साप्ताहिक पत्रिकाको समन्वयमा क्षेत्रीय रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोग र प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा ४ महिलासहित ५२ जना युवाहरुले रक्तदान गरेका छन् ।
महिलाहरुमा रक्तदान गर्ने भावनाको विकास अझै ब्यापक बन्न नसकेको जिल्ला युवा क्लब संजालका संस्थापक उपाध्यक्ष गगन सिंह थापाको भनाई छ । शम्शेरगंजका दिलिप हरिजनले कसैको ज्यान जोगिन सक्ने हु“दा रक्तदान गरिएको बताए । पुरैनाकी शबनम बानौं दर्जीले रगत दिंदा जीवनमा कसैको ज्यान बचाएर राम्रो काम गरेको महशूस हुने धारणा राखिन ।
रक्तदान गर्नेहरुमा लोकजन खड्का, गणेश लामिछाने, दिपकराज वर्मा, रामसुहावन सोनकर, पवन जायसवाल, बिष्णु अधिकारी, मनमोहन वर्मा, कन्हैयालाल राना, ओमप्रकाश चौहान, लक्ष्मी लामिछाने, ज्योति बुढामगर, लक्ष्मी सिंह थापा, प्रमोद डिजी, मेघराज जि.एम., दिपक का“दु, रविन्द्र मिश्रा, आशाराम थारु, देवराज शर्मा, बिनोद कुमार बैश्य, पवन कुमार बैश्य, दिनेश ठाकुर, शतिश थारु, सिताराम चौधरी, जितेन्द्र थारु, रामु यादव, गुड्डु यादव, रबिन्द्र पराजुली, अज्जबुद्दीन बागवान लागएतले गरेका थिए ।



रक्तदाताहरुलाई प्लान इन्टरनेशनलका स्नेहलता श्रेष्ठ, राइजिङ आइडल्सका विनोद शर्मा, जिल्ला युवा क्लब संजालका आशिष बर्मा र क्षेत्रिय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्रमाण–पत्र वितारण गरेका थिए । रक्तदान कार्यक्रममा क्षेत्रीय रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनील रत्गैया, सुनिता कुमाई, लगायतले प्राबिधिकमा सहयोग गरेका थिए । जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेको सहभागिता रहेको जिल्ला युवा क्लब संजाल बा“केका सचिव राजन वर्माले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्ववियू निर्वाचनको विषयमा कालिकोटमा झडप, चार घाइते, निर्वाचन अधिकृतलाई कालो मोसो

१५ फाल्गुन २०७३, आईतवार १२:५९
सदरलाइनडटकम  १६ फागुन, कालिकोट : आगामी १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका बिषयमा भएको विबादले कालिकोटमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । सो झडपमा परी चार जना विद्यार्थी घाइते भएका छन । नेबिसंघ र अनेरास्वावियुबीच नन्ददेवि वहुमुखि क्याम्पसका प्राध्यापक तथा स्वबियु निर्वाचनका निर्वाचन अधिकृत रत्नसिहं […]