३० किलो चित्तलको मासुसहित एक जना पक्राउ

सदरलाइन संवाददाता १७ भाद्र २०८०, आईतवार १४:०५
 

नेपालगञ्ज : बाँकेबाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटो राखेर ल्याउँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

अटोको डिक्कीमा लुकाईछिपाई नेपालगञ्ज ल्याउन लागिएको अवस्थामा शनिबार अपराह्न साढे ४ बजे राप्तीसोनारी– ६ का अटो चालक हरि परियारलाई मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।

पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि शनिबार राती नै जिल्ला वन कार्यालय बाँकेमा पठाइएको डाँगीले बताए ।


यता जिल्ला वन कार्यालयका निमित्त प्रमुख वन अधिकृत गणेश खड्काले प्रहरीले मासुसहित परियारलाई बनमा बुझाएको बताए । खड्काले केहीबेरमा कार्यालय खोलेपछि थप अनुसन्धान प्रक्रिया शुरु गर्ने र मासुसहित पक्राउ परेका परियारको घटनामा अनुसन्धान अधिकृत तोक्न लागेको उनले बताए ।

सम्भवतः परियारलाई बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने खड्काले बर्ता । पक्राउ परेका परियारले बरामद गरिएको मासु कसले पठाएको हो भन्ने बारेमा अझै केही नखुलाएको निमित्त प्रमुख वन अधिकृत खड्काले जानकारी दिएका छन् ।

यता घटनामा राप्तीसोनारीका केही स्थानीय कांग्रेस नेताहरुले अटो चालकलाई छुटाउन कसरत गर्न लागेको र मुद्दा कमजोर बनाउन दबाव दिइरहेको विशेष श्रोतबाट जानकारी प्राप्त भएको छ ।

एकैपटक ३० किलो चित्तलको मासु खरिद बिक्री हुँदासम्म सम्बन्धित स्थानीय प्रहरीको पनि मिलेमतो भएको स्पष्ट बुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया कारागारबाट एक कैदी फरार

१७ भाद्र २०८०, आईतवार १४:०५
बर्दिया : बर्दिया कारागारबाट एक कैदी फरार भएका छन् । आइतबार बिहान कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका ठाकुरबाबा नगरपालिका–८ का २७ वर्षीय टोपे भन्ने अजित बुढा क्षेत्री ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनी पर्खालबाट हाम […]