सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा फाल्गुन १६ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागिएको प्रादेशिक महोत्सव–२०७५ लाई भब्यरुपमा सफल बनाउन आईतबार सचिवालयको उद्घाटन गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको सचिवालयको संघका अध्यक्ष नन्दलाल बैश्यले संघकै भवनमा महोत्सवको सचिवालय उद्घाटन गरेका हुन ।
सचिवालय उद्घाटन गर्दै बैश्यले स्थानीय उत्पादनको व्यापार बृद्धि तथा बहुउदेश्यीय सभाहल निर्माणका लागि हुन लागेको महोत्सव सफल बनाउनका लागि सक्रियतापुर्वक सहयोग गरिदिनुहुन कार्यसमितिका पदाधिकारी, उद्योगी, व्यवसायी, प्रहरी, प्रशासन, पत्रकार एवं नागरिक समाजलाई आग्रह गरे ।
सो अवसरमा संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, द्वितिय उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी, एशोसियट सदस्य कन्हैयालाल बैद्य लगायतका कार्यसमिति सदस्यहरुको सहभागिता रहेको सचिवालय उद्घाटन कार्यक्रमको सन्चालन ध्रुवप्रसाद दाहालले गरेका थिए ।
महोत्सवलाई सफल बनाउन प्रचारात्मक अभियानलाई तिब्र बनाईएको प्रचार प्रसार समितिका संयोजक टंकबहादुर धामीले जानकारी दिए । धामीका अनुसार प्रचारका लागि महोत्सवका बारे जानकारी दिने जिङ्गल तयार गरिएको, पर्चा, पम्पलेट जस्ता प्रचार, प्रसारका सामाग्री तयार भइरहेको छ ।