प्रिय दशै !
हर्ष,उल्लास ,उमंग
बोकेर, बर्ष भरिकै,
औधी खुसी बोकेर,
घर घर आगनमा,
खुसीको बान,
बजाउदै आयौ
तिमी!
आजको दिन,
खाडिमा,पसिना बगाउदै,
सुख खोजिरहेका,
मेरा दाइ आउने दिन,
भारत को गल्ली गल्लिमा
चोक चोकमा,
निलो डाम बस्ने गरि,
भारी बोकिरहेका ,
बुढा बा आउने दिन,
आजैकै दिन,
माथिल्लो गांउको
रामे दाईले सिलाईदिएको,
पुरानो मैलो थोत्रो,
कपडा परिवर्तन हुने दिनं
आजकै दिन,
बर्षौदेखि कमलरी बसेकी,
मेरो कान्छी बहिनी,
आउने दिन,
आजकै दिन,
बर्ष भरिको,
एक पटक
औधी खुसी हुन ! दिन,
त्यही संगै,
पीडा ब्यथा र अभावलाई
यथावत राखदै,
एक दिन भए पनि,
मीठो खाना,
खाएको दिन,
नाना लाएको दिन,
लाग्दछ,
सोचेको,देखेका ,
सबै सबै,।
यो दशैले पूरा गर्ला,
अनि,
सबैलाई प्रफुल्ल,
पार्दै हर्षित बनाउला,
प्रिय दशै,
तिमी हुनेखानेको,,
लागि मात्र हौ,
हुदा खानेको लागि,
त?
तिमी कहिले आउला र?
तिमीसंग,
मलाई औधी रुन मन छ,
गुनासो पोख्न मन छ,
बस,
हुने खानेको लागि त,
सधै सधै,
दशै र तिहार,
तर,
हुदा खानेको लागि ?
प्रिय दशै,
तिमि सबैको लागि आइदेउ ?
डम्बर विश्वकर्मा ‘द्रविण’