बर्दिया कारागारबाट एक कैदी फरार

सदरलाइन संवाददाता १७ भाद्र २०८०, आईतवार १४:१०
 

बर्दिया : बर्दिया कारागारबाट एक कैदी फरार भएका छन् ।

आइतबार बिहान कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका ठाकुरबाबा नगरपालिका–८ का २७ वर्षीय टोपे भन्ने अजित बुढा क्षेत्री ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनी पर्खालबाट हाम फालेर फरार भएको जनाए । २०७१ सालमा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए ।

पक्राउपछि बयान दिन जाँदा अदालतबाट फरार बुढाक्षेत्री गत वर्ष पक्राउ परेका थिए । अदालतले उनलाई ३० वर्षको कैदको फैसला गरेको थियो । बुढा क्षेत्रीले एक वर्ष जेल सजाय कटाइ सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘धम्बोझीमा विरेन्द्रको शालिक राख्न ऐक्यबद्धता जनाउन आग्रह’

१७ भाद्र २०८०, आईतवार १४:१०
नेपालगञ्ज : नेपालगञ्जको मुटु विरेन्द्र चोक (धम्बोझी)मा वीरेन्द्रको शालिक राख्न बाँकेका राजनैतिक दलहरु सकारात्मक रहेको मातृभूमि नवनिर्माण अभियानका अध्यक्ष तेज विक्रम शाहले बताएका छन् । विरेन्द्र चौकमा स्व. राजा विरेन्द्रको शालिक पुनर्स्थापनाका लागि गठन भएको “स्व. राजा विरेन्द्रको शालिक पुनर्स्थापना समितिले सर्वदलीय बैठक आयोजना गरेको र सो क्रममा राजनैतिक दलहरु […]