बाँकेसहित तराई क्षेत्रमा राखी पर्व मनाईंदै

सदरलाइन संवाददाता १४ भाद्र २०८०, बिहीबार १३:३८
 

नेपालगञ्ज : बाँकेसहित प्राचीन मिथिला क्षेत्रमा बिहीबार ‘राखी’ पर्व मनाईंदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मधेशी समुदायमा ‘राखी’ भनिने गरिएको हो ।
सामान्यतया सौरमासको पनि साउनमै पर्ने यो पर्व यसपालि साउनभरि अधिकमास (मलमास) पर्नाले पछि धकेलिएर करिब मध्य भदौताका परेको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण तराई क्षेत्र राखीमय बनेको छ । एकाबिहानै यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ (विभिन्न रङका धागोका डोरा) जताततै बेच्न राखिएका छन् ।

पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र (राखी) किन्न बस्तीका चोकचोकमा भिड नै देखिएको छ । राखीसँगै दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन् ।

पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । यो पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् । अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वको तयारीमा किशोरी व्यस्त देखिएका छन् ।


ससाना नानीहरुका लागि पर्वको तयारीमा भने घरका अभिभावकले सहयोग गर्दछन् । आज दाजुभाइ, दिदीबहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जीरहेका छन् ।

नेपालगञ्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोड, तथा बागेश्वरी मन्दिर क्षेत्र, धम्वोजी लगायतका क्षेत्रमा राखी पसल र मिठाइ पसल खोलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हतियार र गोली गट्ठासहित चार जना पक्राउ

१४ भाद्र २०८०, बिहीबार १३:३८
धनगढी : कैलाली प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१ भरुवाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन विक, रामचन्द्र चौधरी, नरेश डङ्गौरा र सचिन चौधरी रहेका छन् । कुन्तीखेत जाने बाटो छेउमा बसिरहेको अवस्थाबाट उनीहरूलाई प्रहरी टोलीले […]

सम्बन्धित