बाँकेमा टाइफाइडविरुद्धको खोप लगाउन शुरु

सदरलाइन संवाददाता २३ चैत्र २०७८, बुधबार १३:२३
 

नेपालगञ्ज : बाँकेमा बुधवारदेखि टाइफाइडविरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लामा एक लाख १५ हजार दुई सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

विद्यालय तथा स्वास्थ्य संस्थामार्फत चल्ने यो अभियान चैत २८ गतेसम्म चल्ने छ । निःशुल्क दिइने टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।


ढल वा संक्रमित ब्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित पानी वा खानाको माध्यमबाट सर्ने चिकित्सकहरु बताउँछन् । यो रोग सबै उमेर समूहका व्यक्तिहरुमा लागेको पाइए पनि १५ वर्षमुनिका बालबालिकामा बढी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्रोहीको आक्रमणबाट सुर्खेतका गुरुङको कंगोमा मृत्यु

२३ चैत्र २०७८, बुधबार १३:२३
नेपालगञ्ज : अफ्रिकी मुलुक कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ । मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट नगरपालिका–१४ का सिपाही अनिल गुरूङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अप्रेशन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल […]