सहकारीद्वारा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२७ मंसिर २०७५, बिहीबार १८:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिभिन्न बिद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई बिहीवार शैक्षिक सामग्री प्रदान गरिएको छ । नेपालगञ्जका बिभिन्न बिद्यालयमा अध्ययनरत ३९ जना बिपन्न तथा अनाथ बालबालिकालाई एक समारोहका बीच पौरखी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले शैक्षिक सामग्री प्रदान गरेको हो ।
बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्दै नेपालगञ्जकी उपमेयर उमा थापा मगरले बिभिन्न संघ संस्थाहरुले आफुखुशी सहयोग प्रदान गर्दै आएपनि आवश्यकता भएका बालबालिकाको पहिचान गरी सहयोग प्रदान गर्नुपर्नेमा जोड दिइन् । उनले अधिकांश बालबालिकाले धेरै पटक सहयोग पाईरहेको देखिएकाले कोही नदोहोरिउन् भन्ने उद्देश्यले आवश्यक्ता भएका बालबालिकालाई सहयोग प्रदान गर्नुपर्ने बताइन् ।



सेफ द चिल्ड्रेन तथा सामाजिक बिकास मंच बाँकेको सहयोग र सहकार्यमा वार्षिक कार्ययोजनाअनुसार शैक्षिक सामग्री प्रदान गरिएको सहकारीका अध्यक्ष हरिप्रसाद तिमिल्सेनाले बताए । उनका अनुसार संस्थाले प्रत्येक वर्ष यस्तो सहयोग प्रदान गर्दै आएको छ ।
यस्तै खजुरा गाउँपालिका वडा नं. ४ डि गाउँकी प्रतिमा शर्मालाई एमबिबिएस अध्ययनका लागि सहकारीले ११ हजार एक सय सहयोग गरेको छ । शर्माका परिवारबाट कसैको उपस्थिति हुन नसकेकाले उक्त रकम बराबरको चेक उपमेयर थापाले सहकारीका प्रतिनिधिलाई प्रदान गरिन् ।
सहकारीका उपाध्यक्ष शान्तिराज रेग्मी, कोषाध्यक्ष दुर्गाप्रसाद अधिकारी, सामाजिक विकास मंचका कार्यक्रम अधिकृत कृष्णप्रसाद थारुलगायतले संयुक्तरुपमा बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

Next Post

पश्चिम राप्तीनदी जलाधार क्षेत्रमा पूर्व सूचना बारे दुईदिने कार्यशाला

२७ मंसिर २०७५, बिहीबार १८:५२
सदरलाइनडटकम, नेपालगञ्ज  : पश्चिम राप्ती नदी जलाधार क्षेत्रमा जल तथा मौसम सम्बन्धी सेवाहरुको प्रभावकारिता तथा दिगोपनाको लागि सहकार्यसम्बन्धित दुई दिने कार्यशाला नेपालगञ्जमा सुरु भएको छ । युएनडिपि र जलस्रोत तथा सिंचाई मन्त्रालय जलस्रोत विभागको संयुक्त आयोजनामा सुरु भएको सो कार्यशालामा पश्चिम राप्नी नदी जलाधार क्षेत्रका स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख […]