बाँकेमा दिउँसै मापसे गरेर सवारीसाधन चलाउने बढे

सदरलाइन संवाददाता २३ पुष २०७८, शुक्रबार १६:५५
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो समय दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइएको छ । जाडोयाम शुरु भएसँगै दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै ट्राफिक कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिमालय शाहले मापसेका कारण हुने दुर्घटना न्यूनीकरणका लागि सरप्राइज चेकिङ शुरु गरिने जानकारी दिए ।

जाडो मौसममा दिउँसै मापसे गर्ने गरेको पाइएपछि यसअघि साँझको समयमा हुँदै आएको सरप्राइज चेकिङलाई दिउँसो समेत गरिने जानकारी दिए । उनले अटो रिक्सा, ई रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिए ।


नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने उनको भनाइ छ । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाइ गरिने उनले बताए ।

भएको जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनिकरणको प्रयास गरिने उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महशुस गराउने प्रतिबद्धतासमेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन

२३ पुष २०७८, शुक्रबार १६:५५
नेपालगञ्ज : नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । १३ औ जिल्ला अधिबेशनबाट सर्बसम्मत जिल्ला अध्यक्ष चयन गरिएका हुन । राति अबेरसम्म चलेको बन्द सत्रले बस्नेतलाई सर्बसम्मत रुपमा अध्यक्ष बनाएको हो । बस्नेत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा हुन । बस्नेत यसअघि पार्टीको जिल्ला […]