सदरलाइनडटकम,
बुटवल : अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना व्यक्त गरेका छन ।
मुख्यमन्त्री पोखरेलले पोष्ट गरेको शुभकामना सन्देसमा श्रमिक दिवस कोरोनाविरुद्ध संघर्षको संकल्प दिवस बन्न पुगेको उल्लेख गर्दै लेखेका छन ‘कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले सबै भन्दा बढी प्रभावित वर्ग श्रमिक नै हो ।’
शुभकामना सन्देशमा कोभिड १९ का कारण करोडौ श्रमिकहरुको रोजगारी संकटमा परेको बताउदै उनले संकटका बेला श्रमिकले भोग्नु परेका समस्यामा चिन्ता व्यक्त गर्दै मे दिवसको अवसरमा कोरोना विरुद्ध संघर्ष गर्नका लागि सबैले संकल्प गर्नु पर्ने धारणा व्यक्त गरेका छन ।