सर्पदंशबाट बाँकेमा एक जनाको ज्यान गयो

सदरलाइन संवाददाता ११ भाद्र २०८०, सोमबार १४:१०
 

नेपालगञ्ज : सर्पदंशबाट बाँकेमा एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।


भदौ ५ गते राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । विहान चमार गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि भेरी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा पाँच दिनपछि आइतबार राती करिब ८ बजेतिर उनको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कक्षा सञ्चालनको तयारी

११ भाद्र २०८०, सोमबार १४:१०
डडेलधुरा : डडेलधुरा मेडिकल कलेजमा आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको छ । चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमनसमेत गरेको छ । पाँच वटा विषय […]