मेडिकल कक्षा सञ्चालनको तयारी

सदरलाइन संवाददाता ११ भाद्र २०८०, सोमबार १४:२८
 

डडेलधुरा : डडेलधुरा मेडिकल कलेजमा आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको छ ।

चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमनसमेत गरेको छ । पाँच वटा विषय अध्यापनको माग गरिएको सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्कायका डिन हेमनाथ जोशीले बताए ।


“हामीले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,” डिन जोशीले भने, “ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको छ ।”

कक्षा सञ्चालनका लागि १७ जना उपप्राध्यापक र सहप्राध्यापक भर्ना गर्न आवेदन पनि खुला गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आधार सङ्कायका रूपमा सञ्चालन हुने डडेलधुरा मेडिकल कलेजले अनुमति पाएमा माघदेखि कक्षा सञ्चालन हुने उपकुलपति जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले संघीयतालाई बलियो बनाउन काम गर्दैछ : पद्मा अर्याल

११ भाद्र २०८०, सोमबार १४:२८
नेपालगञ्ज : नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संघीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमालेले काम गरिरहेको बताएकी छन् । एमाले संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले संघीयताप्रति एमाले स्पष्ट रहेको बताइन् । पार्टीको लुम्बिनी प्रदेशको प्रथम […]